फेरि थपियो सि–आस्वा शुल्क नलिने बैंकको संख्या, अब कुन-कुन बैंकबाट आईपीओ भर्दा पैसा लाग्दैन ? « Arthapath.com
२० भाद्र २०७९, सोमबार

फेरि थपियो सि–आस्वा शुल्क नलिने बैंकको संख्या, अब कुन-कुन बैंकबाट आईपीओ भर्दा पैसा लाग्दैन ?



काठमाडौं । सि–आस्वा शुल्क नलिने बैंकको संख्या थपिँदै गएको छ ।

सिद्धार्थ बैंकले पनि सी-आस्वा शुल्क नलिने भएको हो । बैंकले सबै खातामा निःशुल्क सी–आस्वा पाउन सकिने व्यवस्था गरेको हो ।

अब लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद सेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु नपर्ने भएको हो । यस अघि बैंकले १० रुपैयाँ शुल्क लिने गरेको थियो ।

योसंगै सि आस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको छ । जसमध्ये सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी, सानिमा, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले पनि सि–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्