सुजुकीको दशैं अफर : बाइक तथा स्कुटर खरिदमा पाइनेछ यस्ता सुविधाहरु

काठमाडौं । नेपालका लागि सुजुकी टुह्वीलरको आधिकारिक बिक्रेता भिजी सुजुकीले दशै अफर सार्वजनिक गरको छ ।
कम्पनीले सुजुकीको बाइक तथा स्कुटर खरिदमा विशेष सुटसहितको अफर ल्याएको हो । कम्पनीले ‘यसपालि सबैको एउटै राशि’ ‘धनराशि’ भन्ने स्लोगसहित बाइक तथा स्कुटर खरिदमा विशेष छुट दिने भएको हो।

अफर अनुसार सुजुकको बाइक तथा स्कुटर खरिदमा १० हजार स्योरसट नगद छुट, १ वर्षसम्मको निशुल्क सडक कर, सहज एक्सचेञ्ज तथा फाइनान्सको सुविधा रहेको छ ।
उक्त सेवा सुजुकीको काठमाडौं उपत्यकासहित देशभरका सोरुमबाट पाउन सकिनेछ ।