२ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान « Arthapath.com
२० भाद्र २०७९, सोमबार

२ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३० करोड र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो २०७९ असोज २ गतेदेखि २०८० असोज १ गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई भदौ २२ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्