होन्डाको बाइक तथा स्कुटर खरिदमा ७ लाख क्यासब्याक पाईने, बम्परमा १५ लाख जित्ने मौका !

काठमाडौं । होन्डा नेपाल दशैको विशेष अफर ल्याएको छ । कम्पनीले ‘होन्डा छ साथ साथ, दशैंको शुभलाभ’ अफर ल्याएइको हो ।
कम्पनीले ७ लाख रुपैयाँ क्यासब्याक, बम्परमा १५ लाख रुपैयाँ जित्न सकिने लगायतको आर्कषक अफर ल्याएको छ । उक्त अफरमा कम्पनीले देशका सातै प्रदेशलाई समावेश गरेको छ ।
होन्डाको बाइक तथा स्कुटर खरिदमा प्रत्येक प्रदेशबाट १ जनाले १ लाख रुपैयाँ जित्न सक्नेछन् । यसका साथै स्क्र्याचमा ७ लाख सम्मको क्यासब्याक र बम्परमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अधिकतम ७ वर्ष सम्मको फ्रि सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र बिग बाइकमा ७० हजार क्यासब्याक पाइने बताइएको छ ।
कम डाउनपेमेन्ट, न्युनतम ब्याजदर र सस्तो किस्ताबन्दीको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।
