जगदम्बा मोटर्सको अफरै अफर : टीभीएस बाइक र स्कुटर खरिदमा ५० लाखसम्मको उपहार « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

जगदम्बा मोटर्सको अफरै अफर : टीभीएस बाइक र स्कुटर खरिदमा ५० लाखसम्मको उपहार



काठमाडौं । जगदम्बा मोटर्सले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘कायापलट’ विशेष योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

अब टीभीएस बाइक तथा स्कुटर किन्नु अघि १ लाखसम्म र किन्दा खेरी १० लाख र हरेक दिन रियलमी स्मार्ट फोन जित्न सकिने छ । यसको लागि कम्पनीको वेभसाइट https://tvsnepal.com/dashain मा जानुपर्नेछ ।

यसका साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुपमा ५० लाखको नगद पुरस्कार दिईन कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बबाल फाइनान्स अफर, २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० को मासिक कस्तिामा पनि टीभीएसको बाइक तथा स्कुटर किन्न सकिनेछ ।

विजेताको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्