फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ? « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार साताको तेस्रो कारोबार दिनका लागि तेजावी सुनको मूल्य ९३ हजार ५ य रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई १ हजार १२५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ११५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्