विभिन्न पदका लागि मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी,कहिलेसम्म दिने दरखास्त ? « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

विभिन्न पदका लागि मुक्तिनाथ विकास बैंकले माग्यो कर्मचारी,कहिलेसम्म दिने दरखास्त ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकमा रोजगारीको अवसर सृजना भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आज एक सूचना नि

काल्दै बैंकले क्रेडिट एनालिस्टदेखि एक्जिक्यूटिभसम्मको पदका लागि कर्मचारी मागेको छ । बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा दरखास्त आव्हान गरेको हो ।

बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट र अन्य पदमा काठमाडौं उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरुले असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त बैंकको बेवसाइट https://www.muktinathbank.com.np/career/ मा गई अनलाइन मार्फत दिन सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्