जनकल्याण प्रतिष्ठानको आयोजनामा एकल विद्यालय अभियान सम्पन्न « Arthapath.com
७ असार २०८३, आइतबार

जनकल्याण प्रतिष्ठानको आयोजनामा एकल विद्यालय अभियान सम्पन्न



काठमाण्डौं । जनकल्याण प्रतिष्ठानले सञ्चालन गरेको एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक सम्पन्न भएको छ ।अभियान संगठनका सचिव प्रल्हाद कुमारले अभियानको स्थापना, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पारे ।

दुई दिन चल्ने बैठकमा अभियानले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरु अन्तर्गत एक वर्षभर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्ययोजना बारे विस्तृत छलफल हुने अभियानका राष्ट्रिय अभियान प्रमुख अरविन्द साहले बताए ।

कार्यक्रममा बोल्दै डा. वासुदेव कृष्ण शास्त्रीले अभियान कुनै सामान्य अभियान नभई राष्ट्रलाई परम् वैभवको स्थितिमा पु¥याउन सामान्य व्यक्तिद्वारा सञ्चालित असामान्य अभियान हो । यस अभियानको लक्ष्य प्राप्तिका निम्ति सबैको हातेमालो आवश्यक रहेको बताए ।

शुक्रबार काठमाण्डौ न्यूरोड स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सर्राफ, कार्यकारी अध्यक्ष विनोद पोद्धार, महासचिव महावीर घिराईया, प्रमुख अतिथि वास्तुविद एवं नेपाल शिक्षण परिषदका महासचिव डा.वासुदेव कृष्ण शास्त्री, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, बरिष्ठ समाजसेवी विमल केडिया अतिथिगण राष्ट्रिय नगर महिला समिति अध्यक्ष विमला बागडिया, मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल र ५४ जिल्लाका करिब दुई सय अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्