बैंक तथा वित्तीय संस्थाले लिए राष्ट्र बैंक बैंकबाट २ अर्ब सापटी « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

बैंक तथा वित्तीय संस्थाले लिए राष्ट्र बैंक बैंकबाट २ अर्ब सापटी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट लिएको ऋण करिब दुई खर्ब पुग्न लागेको छ । बैकिंङ्ग प्रणालीमा तरलता समस्या देखिएपछि बैंकहरुले स्थायी तरलता सुविधा र रिपो मार्फत उक्त रकम केन्द्रिय बैंकसँग लिएका हुन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले करिब ९७ खर्ब रुपैयाँ सापटि लिएका छन् । तर चालु आर्थिक वर्षमा बैंकहरुको सापटी सोभन्दा धेरै हुने देखिएको छ ।

गत शुक्रबारसम्मको तथ्यांक अनुसार बैंकहरुले राष्ट्र बैंकसँग १ खर्ब ९६ अर्ब ३ करोड ७० लाख रुपैयाँ कर्जा लिई सकेका छन् । बैंकहरुले १ खर्ब ७६ अर्ब ५ करोड ७० लाख रुपैयाँ स्थायी तरलता सुविधा मार्फत लिएको ऋण र बाँकी २० अर्ब रुपैयाँ रिपोमार्फत लिएको ऋण हो ।

स्थायी तरलता सुविधा केन्द्रिय बैंकले ५ दिनको लागि उपलब्ध गराउँछ । गत वर्षसम्म्म ७ दिनको लागि यस्तो सापटि दिँदै आएपनि चालु आर्थिक वर्षदेखि भने त्यसलाई घटाएर ५ दिनको लागि मात्रै दिने व्यवस्था गरेको छ ।

यस्तै बैंकहरुले आफ्नो निक्षेपको १ प्रतिशत मात्रै स्थायी तरलता सुविधा लिन पाउछन् । त्यसका बैंकहरुले अहिले साढे ८ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । यस्तै राष्ट्र बैंकले गत बिहीबार दुई साताको लागि भन्दै २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्