कर्मचारी सञ्चय कोषले ६०औं वार्षिकोत्सव शुक्रबार मनाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषमा ६० औं वार्षिकोत्सवमा भोलि अर्थात भदौ ३१ गते शुक्रबार हुने भएको छ ।
कोषले विविध कार्यक्रमको आयोजना वार्षिकोत्सव मनाउने भएको हो । कार्यक्रम विहान ९ बजेदेखि सुरु हुने कोषले जनाएको छ ।
राष्ट्रिय सभागृह, प्रदर्शनी माग काठमाडौंमा हुने वार्षिकोत्सवलाई नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सम्वोधन गर्नेछन् ।
शुक्रबार हुने वार्षिकोत्सवमा कर्मचारी हित र प्रोत्साहनका लागि विभिन्न रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा कोषका अध्यक्ष जितेन्द्र धिताले कोषले सरल र सहज सेवा प्रवाह गरिरहेको बताए । कोषले आफ्नो सेवा सुविधा तथा लगानीका दायराहरु विस्तार जाने उनको भनाई थियो ।
उनले संचय कर्ताको हितका लागि विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेकोले आगामी दिनमा नयाँ लाभकारी योजनाका साथ अघि बढ्ने बताए ।