ज्योति विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचतमा अधिकतम ९% र मुद्दतिमा १३% « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

ज्योति विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचतमा अधिकतम ९% र मुद्दतिमा १३%



काठमाडौं । ज्योति विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।

सार्वजनिक ब्याजदर अनुसार बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत ब्याज दिने छ ।

त्यस्तो छ ज्योति विकास बैंकको नयाँ ब्याजदर:


प्रतिक्रिया दिनुहोस्