राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीलाई सेवाबाट हटाइयो, यस्तो छ कारण « Arthapath.com
३ आश्विन २०७९, सोमबार

राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीलाई सेवाबाट हटाइयो, यस्तो छ कारण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक जना कर्मचारीलाई बैंकको सेवाबाट हटाएको छ ।

जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीले बिदा स्वीकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको भन्दैं बैंकले सेवाबाट हटाएको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम ४५ को उप विनियम (४) बमोजिम बिदा स्वीकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका महोत्तरी जिल्ला साविक औरही गाविस वडा न ३ हाल औरही नपा वडा १ स्थायी ठेगाना भएका चौधरीलाई २०७८ असोज २२ गतेदेखि लागू हुने सेवाबाट हटाएको हो ।

बैंकको नोकरीमा लागि अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्