आवास कर्जा लिँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति लिन्छन् ब्याज ! « Arthapath.com
३ आश्विन २०७९, सोमबार

आवास कर्जा लिँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति लिन्छन् ब्याज !



काठमाडौं । अहिले बैंकहरुमा तरलताको संकट बढेको छ । बैंकहरुले १ वर्षदेखी मन खोलेर कर्जा दिइरहेका छैनन् । तरलताका संकटले बैंकहरुले निक्षेपको ब्याज बढाएका छन् । यस्तो अवस्थामा बैंकले दिने हरेक क्षेत्रमा कर्जाको ब्याज बढ्ने निश्चित छ ।

हरेक मानिसको स्वभाविक आफ्नै घर होस् भन्ने चाहाना हुन्छ । मानिसमा हुने एउटै महत्वकांक्षी पहिलो सपना भनेको घर बनाउने नै हो । यो विशेषगरि यो मध्यम वर्गीय मानिसहरुमा लागू हुन्छ । सपना र चाहाना हुँदा–हुँदै पनि आफ्नै जागिर र कमाईले घर बनाउन मुस्किल नै पर्छ । तर, मानिसको घर बनाउनकै लागि नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिँदै आएका छन् । घर खरिद गर्न वा बनाउन मात्रै होइन, भविष्यमा घर बनाउने उद्देश्यले खरिद गर्न लागेको जग्गामा पनि बैंकले घर कर्जा ऋण उपलब्ध गराउँदै आएका छन् । यति मात्र होइन बैंकहरूले घर मर्मतदेखि सजावटसम्मका लागि पनि ऋणको स्किम ल्याउने गरेका छन् ।

हाल बैंकहरुले धितो मुल्यांकनको ४० देखि ५० प्रतिशतसम्म अर्थात अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण दिने गरेका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ५ वर्षदेखि २५ वर्ष अवधिसम्मको घरकर्जा उपलब्ध गराउँदै आएका छन् । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । बैंकहरुले विभिन्न खाता तथा शिर्षकहरुमा नयाँ ब्याजदर तोकेका हुन् ।

बैंकहरुले घर, जग्गा खरिदका लागि चाड पर्व लक्षित विभिन्न नयाँ–नयाँ अफरहरु समेत ल्याउने गरेका छन् । विशेषतः दशैं, तिहार लगायतका चाडपर्वमा बैंकहरुले विशेष छुटसहित नयाँ स्किम ल्याउने गर्दछन् । यदि तपाईले पनि चाडपर्वको अवसरमा बैंकहरुबाट ऋण लिएर घर बनाउँदै हुुनहुन्छ भने बैंकले लिने ब्याजको बारेमा पनि सहि जानकारी राख्नुपर्दछ ।

हाल बैंकहरुले आवास कर्जामा औषतमा १५ प्रतिशत ब्याज लिने गरेका छन् । यद्यपि, यो अवधि अनुसार फरक–फरक हुनसक्छ । आज हामी कुन बैंकबाट आवास कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ अर्थात बैंकहरुले तोकेको ब्याजदरको बारेमा जानकारी गराएका छौं ।

एनएमबि बैंक :

एनएमबि बैंकले आवास कर्जा आदार दरमा थप ६ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्रवाह गर्ने भएको छ । बैंकको आधार दर ९.९७ प्रतिशत रहेको छ । यसको आधारमा बैंकबाट आवास कर्जा लिँदा १५.९७ प्रतिशत ब्याज लाग्नेछ । यस्तै, बैंकले असोज महिनका लागि तोकेको नयाँ ब्याजदर अनुसार होमलोनको लागि पनि सोही ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

नबिल बैंक :
नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले आवास कर्जामा प्रिमियम ६ प्रतिशत थपिने जनाएको छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । नबिल बैंकबाट आवास कर्जा लिँदा १३.९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।

प्रभु बैंक :

प्रभु बैंकको नयाँ ब्याजदर अनुसार घर कर्जामा करिब १४ प्रतिशतसम्म तिर्नुपर्नेछ । बैंकले ५ वर्ष अवधिको घर कर्जामा १२.९९ प्रतिशत र ५ वर्ष भन्दा बढ अवधिका लागि १३.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकका अनुसार लोक कष्ट घर कर्जामा भने प्रिमियम ७ प्रतिशत थपिने छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । हाल बैंकको आधार दर भने १०.१३ प्रतिशत रहेको छ ।

नेपाल बैंक :

नेपाल बैंकले आवास कर्जाका लागि १२ देखि १४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैकले प्रकाशित गरेको असोज महिनाको नयाँ ब्याजदर अनुसार आवास कर्जामा १२.२५ प्रतिशतदेखि १४.१५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकले घडेरी कर्जाको भने १३.५० प्रतिशत ब्याजदर तोकेको छ ।

कृषि विकास बैंक :

कृषि विकास बैंकले घर कर्जाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले असोज महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजर अनुसार घर कर्जामा प्रिमियम २ देखि ५ प्रतिशत थपिने जनाएको छ । बैंकले ५ देखि १० वर्ष अवधिको घर कर्जामा प्रिमियम २ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिका लागि ५ प्रतिशत प्रियिम लाग्नेछ । जसमा आधादर पनि जोडिने छ । बैंकको आधारदर ८.९० प्रतिशत रहेको छ । यस्तै, जग्गा खरिदमा भने प्रिमियम ३ प्रतिशत थपिने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक :

राष्ट्रिय वाणिज्य बैंकले कर्जाका लागि १५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले असोज महिनाका लागि तोकेको नयाँ ब्याजदर अनुसार ५ वर्षसम्मका लागि घर कर्जामा १३ प्रतिशत, १० वर्षका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै १५ वर्षसम्मका लागि भने १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकको यो ब्याजदर अपार्टमेन्ट खरिदमा समेत लागू हुने जनाएको छ ।

ग्लोबल आइएमई बैंक :

ग्लोबल आइएमई बैंकले घर कर्जाका लागि प्रिमियममा २ देखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । बैंकको आधार दर ९.४० प्रतिशत रहेको छ । बैंकका अनुसार घर कर्जामा ११.९९ प्रतिशत देखि १३.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

सेञ्चुरी बैंक :

सेञ्चुरी बैंकले कर्जाका लागि १४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले असोज महिनाका लागि निर्धारण गरेको ब्याजदर अनुसार विभिन्न अवधिका घर कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर तोकेको छ । बैंकले १० वर्षे अवधिको घर कर्जाका लागि आधार दरमा ४ प्रतिशत प्रिमियम थपिने जनाएको छ । उक्त अवधिका लागि बैंकले १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, १५ वर्ष अवधिका लागि प्रिमियममा ४.५० प्रतिशत थपेर १३.९९ प्रतिशत ब्याजदर तोकेको छ भने २० वर्षसम्मका लागि प्रिमियम ५ प्रतिशतसहित १४.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक :

कमर्सियल बैंकले नयाँ ब्याजदर अनुसार घर कर्जामा प्रिमयम ६.९९ प्रतिशत थपिने छ । जसमा बैंकको आधार दर पनि जोडिने छ । बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ । बैंकले घर मर्मत तथा सम्भारका लागि कर्जा प्रवाह गर्दै आएको छ ।

सिभिल बैंक :

सिभिल बैंक असोज महिनका लागि नयाँ ब्यादर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले घर कर्जामा प्रिमियम ६ प्रतिशत तोकेको छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । बैंकको आधार दर १०.७३ प्रतिशत रहेको छ । बैंका अनुसार रियल स्टेड कर्जामा घर र जग्गा भने ८ प्रतिशत प्रिमियम थपिने जनाएको ।

एनसीसी बैंक :

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी ) बैंकले घर कर्जाका लागि १३.९४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले प्रिमियममा ७ प्रतिशत थपिने जनाएको छ । यसमा बैंकको आधार दरमा पनि जोडिनेछ । बैंकले ५ वर्ष अवधिको घर कर्जामा १३.२९ प्रतिशत, १० वर्ष अवधिमा १३.५२ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको कर्जामा १३.९४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर ९.३५ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक :

नेपाल एसबिआई बैंकले घर कर्जाका लागि १५.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले ३ वर्षे अवधिका लागि १३.५० प्रतिशत, ५ वर्षसम्मका लागि १४.५० प्रतिशत, १० वर्ष अवधिका लागि १५ प्रतिशत र १० वर्षभन्दा माथि भने १५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । घर कर्जामा बैंकले प्रिमियम ६ प्रतिशत थपेको हो । यसमा बैंकको आधार दरमा पनि जोडिने छ । हाल बैंकको आधार दर १० प्रतिशत रहेको छ ।

मेगा बैंक नेपाल :

मेगा बैंकले असोज महिनका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार घर कर्जामा ७ प्रतिशत प्रिमियमा थपिने छ । यसमा बैकको आधार दर पनि जोडिने छ । हाल बैंकको आधार दर १०.१९ प्रतिशत रहेको छ । यसको आधारमा बैैंकबाट घर कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सनराइज बैंक :

सनराइज बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले असोज महिनका लागि प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार घर कर्जामा ७ प्रतिशत प्रिमियम लाग्ने जनाएको छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । हाल बैंकको आधार दर १०.४२ प्रतिशत रहेको छ । बैंकले होम लोनका लागि १३ प्रतिशतव ब्याजदर तोकेको हो ।

माछापुच्छ्रे बैंक :

माछापुच्छ्रे बैंकले घर कर्जाका लागि प्रिमियम ७.५० प्रतिशत थपिने छ। यसमा बैंकको आधारदर पनि जोडिने छ । बैंकले घर कर्जा ५ वर्ष अवधिका लागि १३ प्रतिशत, १० वर्षसम्मका लागि १४ प्रतिशत र १० वर्षभन्दा माथि अवधिका लागि भने १५ प्रतिशत ब्याजदर तोकेको छ । बैैंकका अनुसार भुकम्प पिडितहरुका लागि भने राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार हुनेछ ।

सानिमा बैंक :

सानिमा बैंकले असोज महिनका लागि विभिन्न खातामा नयाँ ब्याजदर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले घर कर्जाका लागि ६ प्रतिशत प्रिमियम तोकेको छ । यसमा बैंकको आधार दर पनि जोडिने छ । हाल बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । बैंकले १५ लाखसम्मको घर कर्जा ५ वर्षको अवधि १२.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १३.४९ प्रतिशत र १० वर्षभन्दा माथिको भने १४ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी बैंक :

लक्ष्मी बैंकले घर कर्जामा प्रिमियम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसमा बैैंकको आधार दर पनि जोडिनेछ । हाल बैंकको आधार दर १०.०२ प्रतिशत रहेको छ । बैंकले सबै खालका कर्जामा १५ वर्षसम्मको अवधिमा १३.९९ प्रतिशतदेखि १५.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंकले घर कर्जाका लागि नयाँ ब्याजदर तोकेको छ । बैंकले घर कर्जामा प्रिमियममा ७ प्रतिशतसम्म ब्याजदर तोकेको हो । यसमा बैंकको आधार दर पनि जोडिनेछ । बैंकको आधार दर ०.०२ प्रतिशत रहेको छ ।

कुमारी बैंक :

कुमारी बैंकले घर कर्जामा २ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म प्रिमियम थपिनेछ । यसमा बैंकको आधार दर पनि जोडिने छ । हाल बैंकको आधार दर १०.४९ प्रतिशत रहेको छ । बैंकका अनुसार ५ वर्ष अवधिको घर कर्जामा १२.५० प्रतिशत, ५ देखि १० वर्षको अवधिका लागि १३.५० प्रतिशत र १० वर्ष मार्थिको कर्जामा १३.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

स्ट्यान्र्ड चार्टर्ड बैंक :

स्ट्यान्र्ड चार्टर्ड बैंकले घर कर्जाका लागि प्रिमियममा २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर थपिने जनाएको छ । यसमा बैंकको आधार दरमा पनि जोडिनेछ । बैंकको आधार दर ८.४० प्रतिशत रहेको छ । बैंकले ५ वर्ष अवधिको आवास कर्जाका लागि १३.२५ प्रतिशत, १० वर्षसम्मको लागि १३.७५ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंक अफ काठमाण्डू :

बैंक अफ काठमाण्डूले घर कर्जाका लागि ८ प्रतिशतसम्म प्रिमियम थपिने जनाएको छ । यसमा बैंकको आधार दर पनि जोडिनेछ । हाल बैंकको आधार दर १०.०४ प्रतिशत रहेको छ । बैंकले ५ वर्ष अवधिको घर कर्जाका लागि १२.४९ प्रतिशत, ५ वर्षमार्थिको १३.४९ प्रतिशत, १० वर्षको १२.४८ प्रतिशत, १५ वर्षसम्मको १३.४८ प्रतिशत र १५ वर्षभन्दा माथिको लागि १४.४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक :

सिद्धार्थ बैंकको आवास कर्जामा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । यसमा बैंकको आधादर दर पनि जोडिने छ । बैंकको आधादर दर ९.५० प्रतिशत रहेको छ । बैंकले ५ वर्षसम्मको घर कर्जामा १२.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको १३.४९ प्रतिशत र १० वर्षभन्दा माथि १४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्