चाडपर्वलाई लक्षित गरि बागमतीमा ५२ ओटा यात्रु सहायता कक्ष « Arthapath.com
१० आश्विन २०७९, सोमबार

चाडपर्वलाई लक्षित गरि बागमतीमा ५२ ओटा यात्रु सहायता कक्ष



काठमाडौ । बागमती प्रदेश प्रहरीले चाडपर्वलाई लक्षित गरि सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने भएकाले यात्रु तथा नागरिक सहायता कक्ष निर्माण गरिएको हो । बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको छ ।

बागमती प्रदेशका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । जस अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । यात्रा गर्दा तथा आफुलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखि सोधपुछ गरी आफ्नो समस्या समाधान गर्न समेत यसै मार्फत आम नागरिकहरुलाई बागमती प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्