पाटा नेपाल च्याप्टरद्वारा आफ्नो स्थापना दिवस “पाटा आई डी“ तथा विश्व पर्यटन दिवस समारोह भब्य रुपमा सम्पन्न « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

पाटा नेपाल च्याप्टरद्वारा आफ्नो स्थापना दिवस “पाटा आई डी“ तथा विश्व पर्यटन दिवस समारोह भब्य रुपमा सम्पन्न



काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले प्रतेक बर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने संस्थाको औपचारिक स्थापना दिवस ( सेप्टेम्बर २६, १९७५) लाई एउटा उत्सवको रुपमामनाउने गरी काठमाडौंको मण्डिखाटार स्थित गेट कलेजमा पाटा आइडी नामक एउटा नयाबिशेष कार्यक्रमभब्यरुपमा सम्पन्न गरेको छ ।

विश्व पर्यटन दिवस २०२२ को मूल नारा “रिथिङ्किङ टुरिजम“लाई आत्मसात् गर्दै संस्थाको ४७औँ बार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक संजाल बिस्तार, नेटवर्किंग, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू र मनोरंजन कार्यक्रमको रुपमा सम्पन्न भएको छर यो कार्यक्रम आगामी प्रतेक बर्ष पाटा नेपालले बार्षिक कार्यक्रमको रुपमा मनाउने भएको छ ।

पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा, पाटा नेपाल च्याप्टरले आगामीवर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको थियो ।

पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट का तीनअति सफल संस्करणहरू आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारी पश्चात पछिल्लो समयमा आयोजना हुन सकेको छैन । नेपालको पर्यटन व्यवसाय तथा गन्तब्य प्रवर्द्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेताहरू, हिमालयन बिक्रेताहरू, ट्राभल ब्लगरहरू, प्रभावकारहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू, ट्राभल उद्योग व्यवसायीहरू र विश्वभरका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता गराई उनीहरु बीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जालविस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्धितीय मञ्चतथा एउटा विशेष लोकप्रियबी–टु–बी कार्यक्रम हो ।

कार्यक्रमकाबीच पाटाले आफ्नो वार्षिक पुरस्कार वितरण समारोह समेत आयोजना गरी निम्न पर्यटन सम्बन्धितव्यक्तित्व र संस्थाहरूलाई सम्मान गरेको छ।

१) लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२ ः
पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्षतथाअग्रज पर्यटन व्यवसायी जोतिलालखन्नाले संस्थालाईप्रदान गर्नु भएको अमूल्य योगदानर नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासकालागि ४५ वर्षभन्दा बढी समय सम्म निर्वाह गर्नु भएको उल्लेखनीयभूमिकाको उच्च सम्मान र कदर स्वरुपवहाँलाई पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको छ ।

२)पाटा पर्सनालिटी अफ द इयर २०२१
पर्यटन बोर्डका पुर्व सीईओ दीपकराज जोशीलाई उहाँले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पु¥याउनुभएको निरन्तर योगदान र विश्वव्यापीमहामारीको समयमा स्वयंसेवीको रुपमाअसीमउत्साहका साथ पर्यटनक्षेत्रमावहाँको सहयोग, सक्रियता, वकालत, संलग्नतातथाअथकप्रयासहरुको कदर स्वरुप ’पाटा पर्सनालिटी अफ द इयर २०२१’ प्रदानगरिएको छ।

३) टुरिजम ट्रेल ब्लेजर अवार्ड २०२२ः
बुद्ध एयरका प्रबन्धनिर्देशक श्री वीरेन्द्र बहादुर बस्नेतलाई वहाँले नेपालीउड्डयन क्षेत्रलाई सुदृढ बनाउन वर्षौंदेखि निर्वाह गर्नुभएको अतुलनीय योगदान, असाधारण नेतृत्वदायीभूमिका र पर्यटन उद्योगको विकासकालागिप्रश्तुत गर्नुभएको उत्कृष्ट तथाअग्रगामीपहलहरुको कदर स्वरूप पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ बाट सम्मानितगरिएको छ।

४)वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२
पाटाले आफ्नासदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावनाअनुरुपउत्कृष्ठ कृयाकलापहरु गरेकोमाप्रशंसा गर्दै ग्लोबल कलेज इन्टरनेशनललाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड प्रदान गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्षविभूतिचन्द ठाकुरले आफ्नो स्वागतमन्तव्यमा पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानकालागि स्वास्थ्य सुरक्षा, पर्यटकहरुको सुरक्षा, गन्तब्यतथा पर्यटन उपजहरुको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा सबै निजीतथा सरकारी सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता दीपकराज जोशीले नेपालको सन्दर्भमा“पर्यटनमा पुनर्विचार” सम्बन्धीआफ्नो धारणा राख्दै नेपाली पर्यटनको सम्भावनालाई थपउजागर गर्न तथा पर्यटनबाट अधिकतमलाभलिन परम्परागत स्रोतबजार कायमगर्दै एशियाक्षेत्र बाट माग बढाउनुपर्ने, डिजिटल क्षमता र सेवाहरू अभिबृद्धी गर्नुपर्ने, गुणस्तरीय लगानीलाई प्रोत्साहनगर्दै पर्यटकीय स्थलहरूको विविधीकरण गर्नुपर्ने, पर्यटन उत्पादन÷गन्तब्यहरूको प्रभावकारी व्यवस्थापन र सेवामानकीकरण गरिनुपर्ने, दक्षजनसक्तीमानव संसाधनविकास मा जोड दिनुपर्ने, पर्यटकहरूको संख्याभन्दापनि गुणस्तर (मान) एवं बिशेष स्रोतबजार लक्षितमार्केटिङ रणनीतिहरू अवलम्बन गर्नुपर्ने र स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन साझेदारी र सहयोगलाई बढावा दिनुपर्ने जस्ता७ वटा प्रमुखबिषयमाकाम गर्नुपर्ने सुझाव ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथिवक्ता रवीन्द्रराज पाण्डेले पाटासँगको आफ्नो संलग्नता र पाटा नेपाल च्याप्टरले सन् १९८० र ९० को दशकमा नेपाली पर्यटन क्षेत्रको प्रवर्धन र विकासका लागि गरेका अग्रगामी पहलका अनुभव तथा सम्झनाहरू प्रश्तुत गरे । उनले पाटा नेपाल च्याप्टरद्वारा हाल भैरेहेका प्रवर्द्धनात्मक प्रयास र पहल र संस्थाको औपचारिक सथापना दिवश समारोहलाई हरेक वर्ष पाटा आईडीका रूपमामनाउने अवधारणाको प्रशंसा गरे ।


प्रतिक्रिया दिनुहोस्