दशैं बिदामा सुदुरपश्चिम घुम्ने कि ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु « Arthapath.com
१६ आश्विन २०७९, आईतवार

दशैं बिदामा सुदुरपश्चिम घुम्ने कि ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु



काठमाडौं । केन्द्र बाट धेरै टाढाको ठाउँ हो सुदुर पश्चिम प्रदेश छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेशका आफ्नै भाषा जीवन शैलि रहेका छन् । सुुदुरका अधिकांश जनता कृषक भएपनि रोजगारीका लागि युवा छिमेकी राष्ट्र भारतमा जाने गर्दछन् । यस प्रदेशको जनसंख्या २५ लाख ३० हजार भन्दा बढी रहेको छ । ९ जिल्ला रहेको सुदुर पश्चिम प्रदेशमा ठाउँ अनुसार फरक फरक भाषा, भाडपर्व, जीवन शैलि रहेको छ ।

नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकाली अञ्चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ । यो प्रदेश १०९ मिटरदेखी ७१३२ मिटरसम्म उचाई र २८ं २२” उत्तरी अक्षांशदेखि ३०ं ०९” उत्तरी अक्षांश र ८०ं ०३” पूर्वी देशान्तरदेखि ८१ं २५” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू–भागको रुपमा अपि हिमाल (७,१३२ मिटर) र होचो भू–भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ ।

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेश ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू–भाग ७,९३२.८३४ वर्ग कि.मि. (४०.६०%), पहाडी भू–भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराई भू–भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमाली भू–भाग बढी रहेको छ । यो प्रदेश नेपाल राज्यको करिब पश्चिम भागमा पर्दछ । यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन् ।

यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप–महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।

प्रमुख पर्यटकीय स्थलहरुः

खप्तड राष्ट्रिय निकुञ्ज
खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन्। खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन्।
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय तथा खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि मानिने गरिन्छ । बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो। उनले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ ।

साथै, यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन् । खप्तडमा विभिन्न प्रकारका फुलहरुले सुनमा सुगन्ध थपेको छ । अधिकांश नागरिक यस क्षेत्रमा फुलहरुको आनन्द लिन आजे गर्दछन् । यस तपाइपनि दशैं बिदामा हुनुहुन्छ भने उक्त क्षेत्र घुम्नु नै पनि क्षेत्र रहेको छ ।

अपि साइपाल हिमाल
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो।

अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमाल । यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ । अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो ।

यी दुबै हिमालले सुदुरको सुन्दरतामा अझै सुगन्ध थपेको छ । यदि तपाई हिमालय घुम्ने सोचमा हुनुहुन्छ भने सुदुरका यी दुई हिमाल पनि मुख्य केन्द्र हुन सक्छन् ।

दोधारा चाँदनी पुल
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ ।यो पुलले कञ्चनपुलको दोधारा र चाककदनी लाई जोडेको छ ।

वर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन।यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ ।कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन ।यो क्षेत्रले अहिले पर्यटकहरुलाई तान्ने गरेको छ यस कारण यो क्षेत्र घुम्नु नै पर्ने उपयुक्त ठाउँ रहेको छ ।

घोडाघोडी ताल
घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको “पहलमानपुर“ र “सुखड“को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाका दरख, रामशिखरझाला र साँडेपानी गाविसहरूको सिमानामा अवस्थित छ । २८ ४१’०३ उत्तरी अक्षांस र ८० ५६’४५ पूर्वी देसान्तरमा पर्ने यो ताल समुन्द्री सतह देखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर रहेको छ ।ृ२े यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र । पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ ।

विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्य केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो । हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति मात्र पाइने गरेका छन । ताल क्षेत्रमा पाइने जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान र वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरिएको छ ।

घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ ।

कर्णाली पुल
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा (उथयिल) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (तचगकक) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

अहिले यस क्षेत्रमा फोटो भिडियो खिच्ने मान्छेको भिड लागेको हुन्छ । नजिकै रहेको चिसापानी बजारको आम्दानी समेत यहाँ आउने पर्यटकहरुले थपेको पाइन्छ । पछिल्लो समय निकै धेरै मान्छे घुम्न आउँन यस क्षेत्र सुदुरको पर्यटकिय क्षेत्रको मुख्य गतन्ब हुन सक्छ ।

उग्रतारा मन्दिर
उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाइ नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५कि.मि. टाढा डडेलधुरा , बैतडीराजमार्गको पश्चिम पटीको अग्लो विशाल तथा रमणिय फाटमा रहेको छ ।

अन्य क्षेत्र
यस क्षेत्रका प्रमुख पर्टक स्थलहरुमा बुढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारतपर्वत, घनघश्या लेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, अजयमेरुकोट, आलीताल, बेदकोट, व्यास हिमाल, बडीमालीका, मेलौली भगवती, , टिकापुर पार्क, रामारोशन क्षेत्र, आदि रमणिय क्षेत्र रहेका छन् । यदि तपाई दशैं बिदामा आफु घुमेर आनन्द लिने सोच बनाउनु भएको छ भने सुदुरका यी क्षेत्र निकै सुन्दर रहेका छन् । सुदुरका हरेका फाडा डाँडपाखा, यस क्षेत्रको मानिसको जीवन शैलि लवाइ खवाई, भाषा संस्कृति आफ्नैमा पर्यटकिय क्षेत्र रहेको छ ।


प्रतिक्रिया दिनुहोस्