इन्फिनिटी लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ लाख २ हजार ८५९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिको बैठकले उक्त शेयर बिक्रीमा ल्याउने निर्णय गरेको हो । कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर असोज १४ गतेदेखि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ ।
असोज १४ गते सूचना जारी गर्दै कम्पनीले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको हो ।