रोमान्चक बन्दैं डोटीमा संघको निर्वाचन, त्रिपक्षिय भिड्न्तले आलेलाई धक्का दिने संकेत « Arthapath.com
२८ आश्विन २०७९, शुक्रबार

रोमान्चक बन्दैं डोटीमा संघको निर्वाचन, त्रिपक्षिय भिड्न्तले आलेलाई धक्का दिने संकेत



काठमाडौं । मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनले सुदुरपश्चिमको डोटि जिल्लाको राजनिति रोमान्चक बनाएको छ । सत्ता गठबन्धनले डोटीमा एकीकृत समाजवादीको नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेलाई टिकट दिएको हो । कागे्रसको पकड क्षेत्र मानिएको डोटिमा प्रतिनिधिसभा सदस्यका लागि आलेलाई टिकट दिएसँगै प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वास पात्र मानिएका सुदूरपश्चिम काँग्रेस सभापति वीरबहादुरलाई कैलाली–४ मा दिएको छ ।

प्रत्येक सभा सम्मलेनमा डोटीमा काँग्रेसले टिकट पाउनु पर्छ भन्ने आवाज उठाउदैं आएका बलायरले डोटी नै छोडेर कैलाली बाट चुनाव लड्ने भएपछि डोटी काँग्रेस निराश बनेको छ । गठबन्धन भित्र नै निराश पैदा भए पनि आलेलेलाई डोटीमा स्वतन्त्र उम्मेदवार रहेका नरेन्द्र खड्का भारी हुने देखिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका खड्का डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, दिपायल राजधानी कायम गराउन भएको २८ दिने आन्दोलनको नेतृत्वकर्ता र कांग्रेसका क्रियाशील सदस्य हुन । डोटीको अस्तित्व रक्षाका लागि पार्टीको सदस्यता त्यागेर स्वतन्त्र उम्मेदवार दिएको उनि बताउछन् ।

उनको मुख्य एजेण्डा नै प्रदेश राजधानि दिपायल बनाउने रहेको छ । २०७४ को निर्वाचनमा डोटिमा सबैं दलहरुले चुनावी एजेण्डा नै प्रदेश राजधानी डोटी लिएर गएकोमा त्यो आश्वासनमा मात्र सिमित भएको थियो । त्यो बेला आफ्नै मन्त्री परिषद्मा रहेका बिर बहादुर बलायरले डोटिलाई अस्थायी राजधानी बनाउन नसक्नु, प्रदेश राजधानी बनाउन नसके राजिनामा दिन्छुु भन्ने आलेको खोक्रो आश्वासन, मुख्यमन्त्री पाएपछि डोटी राजधानीका लागि आफ्नै भोट समेत नदिने त्रिलोचन भट्ट र राजधानी गोदाबरी नभइ धनगढी राख्नु पर्छ भने धनगढीका जनतासँग होमिएका भरत साउँद प्रति डोटेली जनता आक्रोश भएको बेला राजधानीको एजेण्डा बोकेका खड्काको स्वतन्त्र उम्मेदवार डोटी फेरी एक चोटी तातिएको छ ।

एकीकृत समाजवादीका नेता आलेसँग डोटीबाट एमालेकी गौरी ओली प्रतिस्पर्धामा रहेकी छिन्। ओलीसँगै स्वतन्त्र उम्मेदवार खड्काको प्रवेशले आलेलाई धक्का लाग्ने आकलन गरिएको छ । डोटीमा एकीकृत समाजवादीको भोट धेरै कमजोर रहेकोमा गठबन्धनको सहयोग बाट आले तेस्रो पटक संसदमा प्रदेश गर्ने धाउमा रहेका छन् । यस अघि डोटी काँग्रेस सदस्य समेत रहेको खड्कालाई काँग्रेसका मतदाताबाट सहयोग हुने भएपछि आलेलाई नराम्रो धक्का दिएको छ ।

डोटिमा एक्लै एक्लै लड्दा समेत ९ पालिकामा ७ पालिका जितेको काँग्रेसले प्रतिनिधि सभामा टिकट नपाएपछि निराश काँग्रेसको फाइदा उठाउने नेकपा एमाले लागि परेको देखिन्छ । गठबन्धनको भोट बलियो रहेको डोटीमा खड्काको उम्मेदवारीले त्रिपक्षिय भिड्न्त हुने देखिएको छ । तिन जना बीचले कडा प्रतिस्पर्धा हुने आंकलन गर्ने थालिएको छ ।
२०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पाराजित भएका आले २०७० मा भने निर्वाचित भएका थिए । २०७४ भने काँग्रेस सुदूरपश्चिम सभापति बलायरलाई हराएका थिए ।

खड्का मैले जनताको मुद्दा लिएर चुनाव जाने र मेरो जित हुनु भनेको नै डोटेली जनताको र हार हुने भनको नै जनता हुने बताए । उता एमाले पनि आफ्नो क्षेत्र बलियो बनाउदैं लगि रहेको बेला खड्का र ओलिको उम्मेदवारीले आलेलाई झस्काएको छ । त्रिपक्षिय भिड्न्त हुने देखिएको डोटिमा कस्ले बाँजी मार्ला त त्यो मंसिर ४ मा जनमतले निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्