खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नगरेनसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
आइतबार पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागी खेलाडी निसिम थापा मृत्यु भएपछि प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
थापा नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङतर्फ उपाधिका मुख्य दाबेदार थिए।