सिटिजन बैंकका सीईओ पोखरेलले तलबभत्ता कति ?

काठमाडौं । सिटिजन बैंकको साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले नगद लाभांशलाई वितरण योग्य बनाएको छ ।
बैंकले गत आर्थिक वर्ष २०८/७९ को नाफाबाट बैंकका सेयरधनीहरूलाई कर समेत ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।
यसका साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्तावहरू पनि साधारण सभामार्फत् पारित गरिएको छ ।
सीईओ पोखरलेले बुझे १ करोड ७६ लाख तलब
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले डेढ करोड बढी तलब भत्ता बुझेका छन् । सीईओले पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका छन् ।
गत आवमा सीईओ पोखरेलले तलब वापत ८४ लाख, भत्ता, ६० लाख रुपैयाँ भत्ता र दशैं भत्ता बापत ९ लाख ५० हजार रुपैयाँ लिएका छन् ।
उनको सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १०९ रुपैयाँ लिएको बैंकले जनाएको छ ।
बैंकले संचालक बैठकभत्ता बापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको हो । अन्य पदाधिकारीहरुलाई भने ३ करोड २५ लाख ८७ हजार ८१३ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको छ ।