विकास बैंकको नाफामा देखिएन चमक: पहिलो त्रैमासमा ३०% ले घट्यो, कुनले कति कमाए ?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।
वित्तीय विवरण अनुसार बैंकहरु नाफामा गिवरावट आएको छ । गत वर्ष १ अर्ब १५ करोड ९१ लाख ४ हजार रुपैयाँ नाफा गरेका बैंकहरुको यस वर्षको सोही अवधिमा भने ३०.०७ प्रतिशतले घटेको हो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ५४ हजार रुपैयाँ नाफा गरेका हुन् । उक्त अवधिमा तीन विकास बैंकको नाफा वृद्धि भएको छ भने अन्य पाँच बैंकको नाफामा गिरावट आएको छ ।
चालु आवको असोज मसान्तसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले २० करोड ९१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४१.९१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, चालु आवको तीन महिनामा गरिमा विकास बैंकको नाफा पनि ४.८३ प्रतिशतले बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले १८ करोड ४४ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।
त्यसैगरि सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सामान्य सुधार देखिएको छ । गत वर्षको असोज मसान्तमा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ गरेको बैंकले यस वर्षको सोही अवधिमा भने १.६७ प्रतिशतले मात्रै बढाउन सफल भएको हो ।
चालु आवको तेस्रो महिनामा सबैभन्दा बढी नाफा कामना सेवा विकास बैंकको घटेको छ । गत वर्षको असोज मसान्तमा १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको बैंकको यस वर्षको सोही अवधिमा भने ७६.३५ प्रतिशतले घटेको हो ।
यस वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा पनि ६६.६७ प्रतिशतले घटेको छ । यस वर्षको असोज मसान्तसम्म बैंकले ७ करोड १० लाख २९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ ।
पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । चालु आवको तीन महिनामा बैंकले ३० करोड ७४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको हो । तर, बैंकको नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ११.०४ प्रतिशतले कमी हो ।
यता, ज्योति विकास बैंकको नाफा ५४.०५ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४८.२३ प्रतिशतले घटेको हो । चालु आवको तीन महिनाको अवधिमा यी दुवै बैंकले क्रमशः १० करोड ९८ लाख र ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा गरेका हुन् ।