दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प, एक घण्टा नपुग्दै दोस्रो धक्का « Arthapath.com
२२ कार्तिक २०७९, मंगलवार

दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प, एक घण्टा नपुग्दै दोस्रो धक्का



काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का दोस्रो पटक गएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा पहिलो भुकम्प धक्का जाँदा एक घण्टा नपुग्दै फेरि अर्को धक्का गएको हो ।

पहिलो धक्का डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पहिलो पटक ९ बजेर ७ मिनेटमा आएको भूकम्पको धक्का ९ बजेर ५७ मिनेटमा पुनः महसुस गरिएको छ ।भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्