थप ३१ माइक्रोफाइनान्सको वित्तीय रिर्पोटः ७ लघुवित्तले मात्र नाफा बढाए, कुनको प्रगति कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण लघुवित्त संस्थाले धमाधम सार्वजनिक गरीरहेका छन् । हालसम्म ३१ लघुवित्त वित्तीय संस्थाहरुले पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरी सक्दा अधिकांश लघुवित्तको मुनाफा घटेको देखिन्छ ।
हाल प्रकाशित लघुवित्तहरु मध्ये २० लघुवित्तको मुनाफा घटेको छ भने ४ लघुवित्त नोक्सानमा रहेका छन् र ७ लघुवित्तले आफ्नो नाफा बढाएको छ । आज हामीले नाफा बढाउने लघुवित्तले के कति नाफा बढाउन सफल भए त्यसको चर्चा गरेका छौ ।
गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा १५४.६९ प्रतिशतले धेरै हो । गत वर्ष सोहि अवधिमा लघुवित्तले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा आर्जन बढी गर्नेमा गणपति लघुवित्त पहिलो नम्बरमा रहेको छ ।
दोस्रो नम्बरमा आरएसडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ३ करोड ८२ लाख ३१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिमा भन्दा १०२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षमा यस लघुवित्तको नाफा १ करोड ८९ लाख रुपैयाँमात्र रहेको थियो ।
मुनाफा बढाउने तेस्रो नम्बरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । फस्र्ट माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ९४ लाख १५ हजार रुपैयाँमा सिमित रहेको थियो ।
आरएमडीसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४.१६ प्रतिशतले खुद नाफा वृद्धि गरी १० करोड ८८ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा आरएमडीसीले ७ करोड ६ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११.३० प्रतिशतले बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ७ लाख २८ हजार रुपैयाँ आर्जन गरेको हो ।
उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासससम्ममा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।