चुनावले सुनसान काठमाडौं उपत्यकाका सडक (फोटोफिचर)
काठमाडौं । आज देशैभरि प्रतिनतिधि सभा र प्रदेशसभाको लागि सुरू भइरहेको छ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् । यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् ।
चुनावका लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिस गृह जिल्ला गएको तथा निर्वाचन आयोगले यातायात बन्द गरेका हुदाँ सडक पनि सुनसान भएका छन् । त्यस्तै, बजार पनि बन्द छ मतदान केन्द्रमा मतदान गर्नेको भिड छ भने सुरक्षा ब्यवस्था प्रहरीले बलियो बलाएको छ ।