डोटी प्रदेश सभा ‘क’ मा फहरियो एमालेको झण्डा, चक्र मल्ल १५२७९ मतसहित विजयी « Arthapath.com
७ मंसिर २०७९, बुधबार

डोटी प्रदेश सभा ‘क’ मा फहरियो एमालेको झण्डा, चक्र मल्ल १५२७९ मतसहित विजयी



काठमाडौं । नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले डोटिको प्रदेश सभा क मा जित हासिल गरेका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्लले ५ दलिय गठबन्धनका साझा उम्मेदवार नरेन्द्र सिंहलाई हराउदैं जित हासिल गरेका हुन ।

मल्लले १५२७९ मल ल्याइ विजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेददवार नरेन्द्र सिंहले १४८२९ मत ल्याएका हुन । त्यस्तै, हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५५ मत प्राप्त गरेका हुन । यहाँ ३३ हजार ३२२ मत खसेको थियो । १ हजार ९ सय १९ मत बदर भएको छ ।

विजयी र्यालीमा बोल्दैं मल्लले १२ हजार भन्दा बढी मत गठबन्धनको भएको ठाउँमा जनताले म लाई विश्वास गरी जिताउनु भएकोमा धन्यवाद ब्यक्ति गरे । उनले अब आफ्नो कदम सर्वाहार, श्रमजिबि जनता र श्रममा विश्वास गर्ने न्याय पार्दशिक, शुशासन र विकासमा विश्वास गर्ने सबैंको एक असल लिडर भएर काय गर्ने बताए ।

एमाले निकट अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीबाट संगठनात्मक जीवन सुरु गरेका मल्ल २०५७ सालमा डोटी क्याम्पस स्वबियु सभापति निर्वाचित भएका थिए । अनेरास्वबियुको केन्द्रीय सदस्य भएका मल्ल २०६३ सालमा एमाले जिल्ला कमिटीमा आएका हुन् । २०६६ सालको छैटौं अधिवेशनबाट मल्ल उपाध्यक्षमा निर्वाचित भएका थिए । मल्ल २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई फेरी २०७८मा सम्पन्न ८औं अधिवेशन अध्यक्षमा दोहोरिएका हुन ।

लामो समयदेखि जनतासँग घुलमिल तथा स्थानियको धरातल बुझेका मल्ले एक सघर्ष गर्ने युवा हुन । डोटीले जनताका लोकप्रिय नेता मल्ल प्रदेशको राजधानी दिपायल बनाउनका लागि होमिएका ब्यक्ति थिए ।


प्रतिक्रिया दिनुहोस्