एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मख्ख

काठमाडौं । शेयर बजार पुष देखि सुधार आउने आशामा बसेका लगानीकर्ता अझै सुधार नआए पछि निराश बनेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर १८५५.०६ बिन्दुमा बन्द भएको छ ।
आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार ओरालो लाग्दा १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको कारोबार भएको हो ।
आइतबार इस्र्टन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता २६ रुपैयाँ १० पैसाले बढेर २८७ रुपैयाँ ४० रुपैयाँ पुगेको छ ।
साथै, ग्लोबल आइएमई ब्यालेचड् फण्ड १ को ९.३५ प्रतिशत, धौलागिरी लघुवित्तको ८.२० प्रतिशत, खप्तड लघुवित्तको ६.११ प्रतिशत र बुद्ध भुमि नेपाल नेपालको ४.०१ प्रतिशतले बढेको हो ।
