बाग्लुङमा एक युवाले आत्मदाहको प्रयास

काठमाडौं । नेपालमा आत्मदाहको घटना बढ्दै गइरहेको छ । बाग्लुङमा आज (माघ १८ गते) एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको खुलेको छ । घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए।
उनको हाल धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।