रविले लामिछानेले भने ‘मेरो मौनता आजसम्ममात्रै हो, म अभिमन्यू होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले समाजिक संजालमा आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको तर्क पेश गरेका हुन ।
आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’