इन्टरनेट प्याकेजदेखि नयाँ प्रविधि र उपकरणबारे जानकारी लिन ‘क्यान इन्फोटेक’ मा बढ्दो आकर्षण « Arthapath.com
२६ माघ २०७९, बिहीबार

इन्टरनेट प्याकेजदेखि नयाँ प्रविधि र उपकरणबारे जानकारी लिन ‘क्यान इन्फोटेक’ मा बढ्दो आकर्षण



काठमाडौं । क्यान इन्फोटेक २०२३ अहिले काठमाडौंको भृकृटीमण्डपमा चलि रहेको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी हेर्ने आउने अवलोकनकर्ताको आकर्षक निकैं बढेको हो ।

मंगलबार अर्थात माघ २४ गते सूचना तथा संचार मन्त्री रेखा शर्माले उद्धघाटन गरेको उक्त प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रबर्द्धन गर्दै विशेष छुट प्रदान गर्दै आइरहेका छन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज र आईटी ट्रेनिङ अवलोकनकर्ता गर्नेको ताति लागेको छ । उक्त मेलामा स्थानिय देखि विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको छ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रुहेको छ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन समेत रहेकोछ ।

प्रदर्शनी अवलोकनका लागि १ सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवलोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुले पनि आफुले ल्याएका नयाँ योजना बारे सो प्रर्दशनिमा प्रकास पारि रहेका छन् । प्रदर्शनिमा कुमारी बैंकले ल्याएको नयाँ बचत खाता लिनेको समेत भिड बढेको छ ।

साथै, डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रबर्द्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ । यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन ।

साथै, सो प्रर्दशनिमा कम्प्युटर तथा ल्यापटपको विभिन्न अतिरिक्त सामग्रीहरू (एसेसोरिज) बिक्री गर्दै आएको जियो नेपालले यतिबेला निःशुल्क ल्यापटप सर्भिसिङ सेवा उपलब्ध समेत रहेको छ । जियो नेपालले कम्प्युटर तथा ल्यापटपको लागि एसएसडी, एचडिडी, र्‍याम, गेमिङ आरजिबी, फ्ल्यास ड्राइभ, मदरबोर्ड, ब्याट्रीदेखि किबोर्ड लगायत एसेसरिज बिक्री गर्दै आइरहेको छ।

उक्त प्रर्दशनि माघ २९ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्