नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर « Arthapath.com
२२ असार २०८२, आईतबार

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी(प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदान समेत गरियो ।


प्रतिक्रिया दिनुहोस्