नेप्सेमा नेपाल सरकारको १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्सेमा नेपाल सरकारको १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरेका ५ वर्ष अवधिका २०८४ ‘झ’ को ८ अर्ब रुपैयाँ र २०८४ ‘ञ’ को ७ अर्ब रुपैयाँ नेप्सेमा सूचीकृत भएको हो ।

राष्ट्र बैंकले २०८४ ‘झ’ नामक विकास ऋणपत्र वार्षिक ९.५० प्रतिशत ब्याजदरमा माघ १८ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ । त्यसैगरी २०८४ ‘ञ’ नामक विकास ऋणपत्रको वार्षिक ८ .९८ प्रतिशत ब्याजदरमा माघ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस्