१७ लाख नेपालीको डिम्याट खाता निष्क्रिय, जसले आईपीओ समेत भर्दैनन् ! « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

१७ लाख नेपालीको डिम्याट खाता निष्क्रिय, जसले आईपीओ समेत भर्दैनन् !



काठमाडौं । सरकारले पुँजीबजारको पहुँच व्यापाक रुपमा बढेको भनिरहँदा १७ लाख डिम्याट खाता भने निष्क्रिय देखिएको छ ।

पुँजी बजार पहुँचको मापन गर्ने मुख्य आधारम मानिने डिम्याट खाताको संख्या ५५ लाख ३३ हजार पुगेको छ । तर, त्यसमा १७ लाख डिम्याट खाता निष्क्रीय रहेको सीडीएस एन्ड क्लियरिङ बाट प्राप्त तथ्यांकले देखाएको छ ।

जुन खाताबाट आईपीओमा समेत आवेदन नदिएको सीडीएस एन्ड क्लियरिङका सहायक प्रबन्धक योगराज जोशीले बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले हालै आयोजना गरेको एक कार्यक्रममा यो अध्ययन विषय बनेको पनि बताए ।

‘पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या बढेको छ । तर, १७ लाख डिम्याट खाताबाट कुनै पनि प्रकारको सेयर कारोबार भएको छैन,’ उनले भने, ‘यो एउटा चिन्ताको बिषय छ । साथै, यो एउटा अध्ययनको बिषय पनि हो ।’ १७ लाख मध्ये झण्डै ३ लाख डिम्याट खाता डुब्लीकेशन भएपनि अन्य खाता निष्क्रिय नै रहेको उनले बताए ।

विशेषगरि २०७६ साल अघि (कोरोना काल अघि) नेपालको पुँजी बजारको पहँच न्यून थियो । त्यसबेला ३ लाख हारहारीमा डिम्याट खाता थियो ।

कोरोना महामारीपछि सेयर बजारमा देखिएको बुलिस ट्रेन्ड (बढ्दो ट्रेन्ड) सँगै यस्तो खाताको सुंख्या ५५ लाख भन्दा माथि पुगेको छ । तर, ठुलो संख्यामा डिम्याट खाता निष्क्रिय रहेको बताइएको छ । पछिल्लो समय त डिम्याट खाता खोल्ने ट्रेन्ड पनि कम हुँदै गएको सीडीएस एन्ड क्लियरिङका अधिकारीहरु बताउछन् ।

सीडीएस एन्ड क्लियरिङकाअनुसार ३१ लाख भन्दा डिम्याट खाता पुरुषले खालेको छन् । यस्तै, महिलाको डिम्याट खाता भने २३ लाख हारहारी रहेको बताइएको छ । उमेरका आधारमा डिम्याट खातामा १८ बर्ष देखि ३० बर्ष उमेर समुहका नेपाली हिस्सा बढी छ ।


प्रतिक्रिया दिनुहोस्