एमाले नेतृ अष्टलक्ष्मी शाक्यले दिइन् उपराष्ट्रपति पदमा उम्मेदवारी (दृष्यहरु) « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले दिइन् उपराष्ट्रपति पदमा उम्मेदवारी (दृष्यहरु)



काठमाडौँ । उपराष्ट्रपतिको पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् ।

शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

उम्मेद्वारी दर्ता गर्ने क्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य ।

मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

उम्मेद्वारी दर्ता गराउँदै एमाले नेतृ अष्टलक्ष्मी शाक्य । साथमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरु

Tags :

प्रतिक्रिया दिनुहोस्