भागबण्डामा सहमति नहुदाँ सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष विहीन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका १० दलहरुको बैठक निष्कर्ष विहीन बनेको छ ।
मन्त्रीपरिषद् विस्तारका लागि भागबण्डामा सहमति हुन नसके पछि बैठक पुनः भोलि बिहान ९ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो ।