कता जाँदैछ ‘आरआर क्याम्पस’मा विद्यार्थी राजनीति ? « Arthapath.com
२६ चैत्र २०७९, आईतवार

कता जाँदैछ ‘आरआर क्याम्पस’मा विद्यार्थी राजनीति ?



काठमाडौं । भनिन्छ विद्यार्थी आन्दोलन नयाँ सोच नयाँ उमंग जन्माउने थलो हो । विद्यार्थी राजनितिले शिक्षा क्षेत्रमा रहेको नकरात्मक जालोलाई हटाउने बलियो हतियार हो । जसले विद्यार्थीहरुको हक हित संरक्षण लगायतका कार्य गर्दछ । शैक्षिक क्रान्तिको अर्को नाम नै विद्यार्थी राजनीति हो । विद्यार्थी राजनीतिले प्रगतिशील सोच, हक र अधिकारका सवाल तथा परिवर्तित विश्व जगतका समकालीन मुद्दाहरुलाई बहस र निष्र्कषमा पु¥याउन विशेष भुमिका हुन्छ ।

नेपालको सामाजिक राजनीतिक जागरण र रूपान्तरणमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको इतिहास हामी सामु जगजायर नै छ । विद्यार्थी आन्दोलनसँग जोडिएका त्याग, बलिदानी र संघर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । विद्यार्थी आन्दोलनले जहाँनिया निरंकुश राणाशासनको अन्त्यतिर रुढीवादी नेपाली समाजमा राजनीतिक तथा सामाजिक जागरणको सुरुवात ग¥यो । तर अहिलेको विद्यार्थी आन्दोलन राजनिति पार्टीका निर्देशनलाई परिपालना गर्ने बाहेक अन्य कुनै क्रियाकलाप देखिदैन ।

पछिल्लो समय विद्यार्थी नेता दैनिक पार्टीको ठुला नेता, आसेपासे र सत्ताको गुलामीमा व्यस्त छन् । उनीहरु यस्तै गतिविधिमा सिमित रहेर रमाएका देख्न सकिन्छ । अझ विशेषतः आफ्नो समूहको नेताले गलत गरे पनि सही भनेर व्याख्या गर्दै बचाउ गर्नु बाहेकको विद्यार्थी नेताहरुको अन्य कुनै उचित काम छैन् । खास भन्दा यो बाहेक उनीहरुसंग देखाउन लायक पनि अकोृ केही छैन । झनै पछिल्लो दिनहरुमा त विद्यार्थी नेताहरु पनि गुटबन्दीको जालोमा यतिधेरै फसिएका छ कि, अब त्यहाँबाट बिरलै निस्कन सक्लान् । यो उनीहरुको चरित्रणले चित्रण गरेको तथ्य हो । अहिले विद्यार्थी नेताहरू गुटबन्दीको गतिलो सिकार हुँदै आएको तीतो यथार्थता हामी माफ छर्लङ्ङ नै छ । कुनै बेला मानविय संकायको उत्कृष्ट क्याम्पसमा आउने रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस पनि अहिले राजनीति अखडा बनेको छ । आरआर क्याम्पसले फोहोरो विद्यार्थी राजनीति गर्नेहरुबाट नै धेरै खुकुरी प्रहार, ढुंगा मुढा धेरै खेपेका छ । पछिल्ला केही दिन त आरआर क्याम्पसलाई खुकुरी चलाउनु, ढुङ्गा मुढा बर्जार्नु सामान्य कुरा लाग्न थालि सक्यो । सायद, यसलाई बानी पनि लागि सक्यो होला ।

यसै सन्दर्भमा शनिबार (चैत २५ गते) फेरी आरआर क्याम्पसमा अनौठो दृश्य देखा पर्यो । क्याम्पस मै राजनिति गर्ने भन्ने नेताले एककाएक क्याम्पस मै ढुङ्गा मुढा हान्दैं झ्यालका सिसा फुटाए । जसले विद्यार्थी आन्दोलन नै सकिएको झल्को दियो । यसले विद्यार्थी राजनीति कता जाँदै छ भन्नेमा ठुलो आशंका र प्रश्न खडा गरेको छ ।

यसै सन्दर्भमा अनेरास्ववियु आर आर क्याम्पस संगठन विभाग प्रमुख एवंम प्रत्यक्ष तर्फ स्ववियु सदस्य पदका उम्मेदवार धन रावत भने नेविसंघले विद्यार्थीको अधिकार माथि बारबार प्रहार गरी रहेको बताउछन् । उनले भने, “२५ गते बिहान नेबि संघले फेरि ताल्चा लगाउन खोज्दा अनेरास्ववियु आर आर क्याम्पस र प्रहरी प्रशासनको निगरानीमा नेबि संघका कलेज र कलेज बाहिरका कार्यकर्ता आएर आर आर क्याम्पस मा ढुङ्गा र इट्टाले प्रहरी प्रशासनमाथी नै ढुङ्गा बर्साए । कलेजको संरचना झ्यालहरु मा ढुङ्गाले तोडफोड गरे उनिहरुले क्याम्पस प्रमुखको कार्यकक्षाका झ्याल गरु धोस्त गरे।सत्ता र शक्तिको आडमा प्रहरि प्रशासनलाई हातमा लिएर बारमबार निर्वाचन बिथोल्ने आफू हार्ने निश्चित देखेर हार्ने मानसिकताले बिध्यार्थीमाझ त्रास फैलाउने,निर्वाचन हुन्न भनेर भड्काउने लगायतका क्रियाकलाप हरु गरि निर्वाचनलाई अहिले पनि अन्योल र अनिश्चित छ निर्वाचन।अनेरास्ववियु निरन्तर निर्वाचनको पक्षमा छ,कलेज तोडफोड गरि पराजित मानसिकताले उहाहरु निर्वाचन जसरी पनि रोक्ने प्रयासमा अझै लागीरहेका छन।तर उहाहरुको निर्वाचन बिथोल्ने प्रयत्नलाई अनेरास्ववियुले गरेक तवरले निस्तेज पारेर बिध्यार्थीको साझा सदन mini-parliament लाई संरक्षित गर्दै बिध्यार्थीका मुद्दा ,समस्या र समग्र बिध्यार्थी आन्दोलन लाई नै नया सिरा बाट अघाडी बोक्न अनेरास्ववियु आर आर तत्पर छ प्रयासरत छ ।”

त्यस्तै, नेविसंघबाट स्ववियु सदस्य उम्मेदबारका दाबेदार शेखर रोकायाले भने, “विद्यार्थीहरुलाइ प्रहरी लगाइ निर्घात कुटपिट गर्ने क्याम्पस प्रशासनको बचाउ गर्ने अनेरास्ववियु आर आर आफुले खुकुरी काण्ड गरि आफ्नै नेताको हात काटेको देख्दैन, विद्यार्थीहरुलाइ क्याम्पस प्रशासनले दिनुपर्ने सुविधाहरु नदिदा बोल्दैन ,क्याम्पसले कक्षामा शिक्षक नपठाउदा बोल्दैन ।तर आज क्याम्पस प्रशासनले धादलियुक्त चुनाव नभइ शान्तिपूर्ण र निष्पक्ष चुनाव गरोस भनी आन्दोलन गर्दा र विद्यार्थीहरुलाइ घाइते बनाउदा त्यसको बिरोध गर्छ ।”

त्यस्तै, अनेरास्ववियुबाट स्ववियु सदस्य उम्मेदवार विष्णुमाया श्रेष्ठ भने नेविसंघले आफै अध्यनरत क्याम्पसमा ढुङ्गा मुढा प्रहार गर्नु अराजक कार्य भएको बताइन् ।

हामी सधै चुनावको पक्षमा भएको र क्याम्पस माथि आंक्रमण गर्ने काम निबैं बेइमानी भएको क्रान्तिकारीका नेता अनिल बोहराले बताए ।

शिक्षा क्षेत्रमा भइरहेको कमाइ खाने भाडोले विद्यार्थीको भविष्य नै अन्धाबार तिर लम्किएको अनेरास्ववियुका नेता हर्क बोहरा बताउछन् ।

यता अनेरास्ववियृ, नेविसंघका केहि नेताबाट यस्तो कार्य किन गरेको भन्ने प्रश्नमा जवाफ नै दिदैंनन् । उल्टै यस्तो कार्य हामीले नगरेको कोही अन्य अराजक ब्यक्तिले गरेर हामीलाई आरोप लगाएको बताउछन् । सबैं विद्यार्थीहरुले आखा अगाडि ढुङ्गा मुढा प्रहार गरेको देखे पनि उनको आखाँमा छारो हाल्नेका नेविसंघले गरेका छ । समाजिक संजालमा अहिले पक्ष विपक्षमा बहस नै चलि रहेको छ ।

कांग्रेस निकट विद्यार्थी संगठनले क्याम्पस प्रशासनले अनेरास्ववियुको मिलेमतोमा एकलौटी तरिकाले तालाबन्दी खुल्ने र मनोनयन गर्ने कार्यको बिरोध गर्दै क्याम्पसमा माथि गरेको आक्रमणले साचै विद्यार्थी राजनितिको मुद्धा नै नभएको सकेत दियो । त्यही ढुङ्गा मुढा हान्नेहरुको भिडमा टलक्क टल्किने कुखुरीले त विद्यार्थीहरुलाई आतङकित मात्र हैन क्याम्पसमा पढ्न जानै डर लाग्ने अवस्था समेत सिर्जना गरेको छ ।

यसअघि पनि आरआरमा २ समूहबिच भएको झडपमा दर्जनौ विद्यार्थीलाई घाइते भए । क्याम्पसमा मै कुखुरी प्रहार गरेर कैचीको नाम दिने कुराले पनि देशभरकै शैक्षिक क्षेत्रहरुमा निकै नै चर्चा पायो । राजनिति, त्यही माथि पनि विद्यार्थी राजनितिमा स्वीकार भन्ने शब्द हुनु जरुरी छ । सामान्य बुझाइले विद्यार्थी राजनितिलाई त पार्टी देख्दैंन गल्ती देख्छ भनिन्छ तर विद्यार्थीले आफ्नो गल्ती बाहेक अरु सबै देख्छन् । आरआर क्याम्पसमा चैत ५ गते चुनाव गराउनको लागि मनोनयन प्रक्रिया अगाडि बढी रहेको थियो । त्यति बेला नै समाजबादी निकट अनेरास्ववियृले बाहिरबाट ठूलो संख्यामा मान्छे ल्याएर खुकुरी प्रहार गर्ने खोज्यो । अनेरास्ववियृमा विद्यार्थी नेताको हातमा खुकुरी देखिने गरी समाजिक संजालमा भाइरल नै बन्यो । तर अनेरास्ववियृका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले भने कुखुरीलाई कैचि नामकरण गरी दिए । यदि सुदेशले सान्चै विद्यार्थी आन्दोलनको नेता हुन भन्ने हो भने त्यस्तो अराजक कार्य गर्ने जो सुकै संगठनको हो कारबाही गर्छौ भन्ने ल्याकत चाँहि राख्न सक्नुपथ्र्यो । उनीमा त्यो समाथ्र्य पनि देखिएन ।

यता, अनेरास्ववियु भने नेविसंघले हार्ने निश्चत भएपछि चुनाव रोक्न बाहानबाजी गरिरहेको छ । अहिले अनेक बाहानामा आरोप लगाइ रहेको छ । अहिले समाजिक संजालमा आरआरका विद्यार्थी नेता एकअर्का प्रति आरोप प्रत्यारोपमा लागि परेका छन् । कसैले चुनावदेखि भाग्न खोजी रहेको भनेर आलोचना गरि रहेका छन् भने कतिले स्वच्छ निष्पक्ष निर्वाचन गर्ने तयार नरहेको तर्क दिइ रहेका छन् ।

विद्यार्थी नेता भनेको सचेत र भविष्यमा देशकै नेतृत्व लिन सक्ने जिम्मेवार सिपाही हो । अब विद्यार्थी संगठन र राजनीतिमा मौलाएको गुट र उपगुटको प्रवृत्तिलाई जरैदेखि नउखल्ने हो भने देश सहि दिशा अगाडि बढ्नै सक्दैन् । अब विद्यार्थी राजनीतिमा आवद्ध हरेकले दीर्घकालिन राजनीतिलाई नियालेर अघि बढ्न आवश्यक छ । साँच्किै व्यवहारमुखी, दुरदर्शी र शैक्षिक एजेण्डाका झोला बोकेर विद्यार्थी राजनीति गर्नुको विकल्प नै छैन ।


प्रतिक्रिया दिनुहोस्