आरम्भ चौतारी लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले सहायक महाप्रबन्धकमा १ जना र बरिष्ठ सवारी चालकमा १ जना माग गरेको छ । साथै, बरिष्ठ प्रबन्धक/प्रबन्धक (विभागिय प्रमुख), नायब प्रबन्धक/सहायक प्रबन्धक (विभागिय प्रमुख । प्रदेश प्रमुख), बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत (विभागिय सहायक/कार्यक्रम अधिकृत), सुपरभाईजर/व.सहायक (शाखा प्रबन्धक/फिल्ड कर्मचारी) र सहायक (फिल्ड कर्मचारी) मा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता कक्षा आठ देखि स्नाकोत्तर तह उत्तिर्ण र विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख ६ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोक वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।
