तपाईको खातामा एक लघुवित्तको २० प्रतिशत बोनस जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा आफ्ना सेयरधनीहरुलाई वितरण गरको बोनस हितग्राही खाता जम्मा गरेको हो ।
कम्पनीको चैत ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संस्थाका सेयरधनीहरुलाई चुक्तापूँजीको २० प्रतिशत बोनस प्रदान गरेको थियो । सभा प्रयोजनका लागि बुक क्लोज हुदाँ अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई बैशाख १ गतेदेखि डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।