कुमारी बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखा प्रथम « Arthapath.com
१६ असार २०८२, सोमबार

कुमारी बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखा प्रथम



काठमाडौं । कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम भएको छ ।

बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखाले समूह ‘ख’ बाट प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
बैंकले डिजिटल कारोबार अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग बढाउन यस्तो आयोजना गरेको हो ।

बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । हाल आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल रहेका छ । यस्तै २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सुविधाहरु दिँदै आएको छ ।

बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्