नेपाल र भारतबीच भयो ७ सम्झौता « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

नेपाल र भारतबीच भयो ७ सम्झौता



काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित १२० सदस्यीय टोलि अहिले भारत भ्रमणमा रहेको छ । भ्रमणको अवसरमा पारी नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी दिएका हुन् ।

साथै, मोदीले नेपाल र भारतबीच रहेको सीमा विवाद समाधान हुने बताएका छन् । उनले सीमा समाधान हुने भने पनि कसरी र कहिले हुने भन्ने बारे केहि खुलाएका छैनन् ।

१) भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन

२) सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

३)नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन

४)अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

५)सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी

६)दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

७)फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता

८)क्रस बोर्डर पेमेन्टबारे समझदारी


प्रतिक्रिया दिनुहोस्