भारतसँग उर्जा क्षेत्रमा भएका सम्झौता सकरात्मक, रोकिएको आयोजनाको विद्युत् बिक्री तत्काल खुलाइयोस्ः इप्पान « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

भारतसँग उर्जा क्षेत्रमा भएका सम्झौता सकरात्मक, रोकिएको आयोजनाको विद्युत् बिक्री तत्काल खुलाइयोस्ः इप्पान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएका उर्जा सम्बन्धित सम्झौता प्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै इप्पानले भ्रमण भएका उपलब्ध प्रति उत्साहित भएको बताएको हो ।भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको इप्पानले स्वागत गरेको हो ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्री प्रचण्डहरुबाट नेपाल–भारत विद्युत् व्यपारको लागि महत्वपुर्ण बुटवल–गोरखपुर ४०० के.भी प्रसारणलाइनको सिलान्यास, फुकोट कर्णाली ४८० मे.वा. जलविद्युत् परियोजना विकास सम्वन्धी समझदारी पत्र, तल्लो अरुण ६६९ मे.वा. को जलविद्युत् परियोजना विकास सम्झौता, नेपाल भित्र विद्युत् प्रसारण लाईन निर्माणको लागि एक्जिम बैक ईण्डीयाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको गर्ने सम्झौता भएको छ ।

त्यस्तै, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठुलापुर्वाधार आयोजनामा आवस्यक विष्फोटक पदार्थको सहज र सरल आपुर्ती, पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डिपिआर) लाई ३ महिना भित्र अन्तिमरुप दिने र वित्तिय प्रवन्ध सहित दुवै सरकारले डिपिआर स्विकृत गरेपछि एकवर्ष भित्रमा कार्यान्वयनमा जाने जस्ता उर्जा क्षेत्रमा भएका महत्वपुर्ण सम्झौताहरु भएका छन् ।

साथै, अतिरिक्त विभिन्न जलविद्युत् आयोजनाहरुमा भारतीय लगानी भित्रयाउने, द्विपक्षिय उर्जा व्यापारका लागि प्रसारणलाईन लगायतका संरचनाहरुको निर्माण गर्ने समझदारी भएको हो ।

भारततर्फ उर्जाको दिर्घकालीन व्यपारको लागि वैधानीक आधार शुनिश्चित गर्ने, भारतीय भुमीहुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यातको शुरुवात गर्न सैद्धान्तीक सहमती भई त्रिपक्षिय सम्झौताको लागि प्रकृया अगाडि बढाउने सहमती भएको छ । यसका साथै भारतका प्रधानमन्त्रीले नेपालवाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष रहेको बताउनुका साथै यससँग सम्वन्धीत उर्जा व्यापार सम्झौता दुवै देशका सचिव स्तरमा सम्पन्न भएको छ ।

विगत केहि वर्ष देखि रोकिएर रहेका करिव १० हजार ५ सय मे.वा. क्षमता भन्दा बढीका आयोजनाहरुको विद्युत् खरिद विक्री तत्काल खुलाउनको इप्पानले सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्