सुदूरपश्चिम प्रदेश सरकारः कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले व्यावसायिक कृषि गर्ने शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।
ऋण उपलब्ध गराउनको लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ ।