नेपाल डिपिद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध « Arthapath.com
७ असार २०८२, शनिबार

नेपाल डिपिद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध



काठमाडौं । नेपाल डिपि लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ ।

कम्पनीमा डिम्याट खाता खोल्नु भएका ग्राहकहरुले आर्थिक वर्ष २०७९।०८० सम्म डिम्याट खाता संचालन गरे बापतको वार्षिक शुल्क असार ३१ गते भित्र बुझाउन भनेको हो । मेरो सेयर एपबाट उक्त नविकरण नहुने हुदाँ कुनै पनि ब्राउजर बाट मेरो सेयरको प्रोफाइल मार्फत इसेवा, कनेक्ट आइपिएस, आइएमइ पे, प्रभु पे र खल्ती मार्फत शुल्क बुझाउन सकिनेछ ।

तोकिएको अवधि भित्र डिम्याट नविकरण नगरेको खण्डमा उक्त खाता रोक्का गरिने कम्पनीले जनाएको छ ।

यो पनि:


प्रतिक्रिया दिनुहोस्