मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज



काठमाडौं । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ ।

यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्नेछ । उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिनेछ ।

भदौ २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ ।

रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्