क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी घाइते

काठमाडौं । १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन्।
ललित बन्द प्रशिक्षणका दौरान घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको दायाँ काधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ।
नले एसियन गेम्स गुमाउन सक्छन्। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन्।