रिलायन्स फाइनान्सकाे कर्पोरेट कार्यालय आफ्नै भवनमा « Arthapath.com
२३ असार २०८२, सोमबार

रिलायन्स फाइनान्सकाे कर्पोरेट कार्यालय आफ्नै भवनमा



काठमाडौं । रिलायन्स फाइनान्सले काठमाडौं महानगरपालिका वडा नं. १ कमलादीमा स्थित केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालयको उद्धघाटन गरेको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले उद्धघाटन गरेको हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत २०६६ मंसिर १० मा प्राप्त गरी मंसिर १८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनीमार्गबाट आफनो कारोबार शुरु गर्दै आएको छ । संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय संचालन गरेको छ ।

संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बांके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा“ भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्