पूर्वीचौकी गाउँपालिकाः करार कर्मचारी माथि प्रशासकीय अधिकृतको दादागिरी, जागिर खाईदिने धम्की « Arthapath.com
८ आश्विन २०८०, सोमबार

पूर्वीचौकी गाउँपालिकाः करार कर्मचारी माथि प्रशासकीय अधिकृतको दादागिरी, जागिर खाईदिने धम्की



काठमाडौं । सामान्य प्रश्न गर्दा पूर्वीचौकी गाउँपालिकाका एक कर्मचारीको जागिर धरापमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको सुझाव संकलन कार्यक्रममा गाउँपालिकालाई सामान्य प्रश्न गर्दा समेत जागिरमा निकाल्ने धम्की आएको हो ।

रास्वपाले आयोजना गरेको कार्यक्रममा पूर्वीचौकी गाउँपालिकाका कार्यरत नायब प्राविधिक सहायक प्रेम बहादुर भण्डारीले गाउँपालिकाको सुझाव दिएकै कारण जागिर धरापमा गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले एक पत्र जारी गर्दै स्पष्टीकरण माग गरेको छ । पालिकाको स्वीकृत नलिइ बोलेको भनी कारबाहीका लागि भण्डारीसँग स्पष्टीकरण मागिएको हो ।

भण्डारीले सुझाव संकलन कार्यक्रममा गाउँपालिकाले जनताको अपेक्षा अनुरुप काम गर्ने नसकेको गुनासो राखेका थिए । सोहि बोले बापत उनललाई गाउँपालिकाले जागिरबाट निकाल्ने धम्की दिएको हो ।

असोज ६ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकाको वडा नं. ४ को वडा कार्यालय परिसरमा गरेको एउटा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा सुब्बा प्राविधिक सहायक भण्डारीले फेसबुक लाइभममा कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलद्वारा हस्ताक्षररित स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

तपाईलाई कार्बाही किन नगर्ने दुई दिन भित्र लिखित जवाफ पेस हुन, अन्यथा करार सम्झौवामा भएको व्यवस्था अनुसार ७ दिन पश्चात तपाईसँग भएको करार सम्झौता स्वतः अन्त्य हुने छ विज्ञप्तिमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लुईटेल भने भण्डारीले निजामति सेवा ऐन ४९ र ५० बिरोद्ध बोलाएको बताउछन् । “कर्मचारीलाई चुनाव लड्नु परो भने जागिरबाट राजिनामा दिनु पर्छ कुनै पार्टीको कार्यक्रममा जानु हुदैन” लुईटेल भने, “भण्डारीले अनजानमा यस्तो कुरा गरेको बताएका छन् । स्थानिय तहले गाउँपालिकाका कुरा पुरा गर्ने सकेन भनेर बोलाएका रैछन् ।”

उनले मौखिक रुपमा स्पष्टीकरण दिई सकेको हुदाँ अब कुनै कारबाही नहुने लुईटेल बताए ।


प्रतिक्रिया दिनुहोस्