ईः सँग वार्ता गर्न काठमाडौँ महानगरपालिकाले टोली गठन « Arthapath.com
९ आश्विन २०८०, मंगलवार

ईः सँग वार्ता गर्न काठमाडौँ महानगरपालिकाले टोली गठन



काठमाडौं । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ईः सँग वार्ता गर्न काठमाडौँ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ईः ले गएको हप्तादेखि उभिएर आन्दोलन गरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्