यती एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने, २५ वर्षको अवसरमा क्यानद्धारा सम्मान

काठमाडौँ । यती एयरलाइन्स सम्मानित भएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले एयरलाइनसको २५औं वर्षको अवसरमा सम्मान गरेको हो ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । यति काठमाडौँबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो ।
स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एयरलाइन्सले आइपीओ निष्कासन गर्ने घोषणा गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्कासन गर्ने जनाए ।
यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।