साहसिक खेलमा सबैभन्दा बढी डलर भित्र्याउने पोखरा अल्ट्रालाइटलाई सरकारले गर्यो सम्मान

काठमाडौं । सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो।
बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन् ।अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सन् २०२२ अगष्ट १ देखि २०२३ अगष्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए ।
यस कम्पनीले ४४,३८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ । पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ छन् ।
पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृङ्खला तथा पोखरा शहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गइरहेको छ ।