मिड सोलु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको छ ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जस मार्फत ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका हुन्। १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो भएको छ ।
कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
यी तरिकाबाट हेर्नसकिनेछ नतिजा
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login